जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ०९:१०

सुडानमा बाढी, ६२ जनाको मृत्यु


खार्तुम,भदौं ९ ।  वर्षा र बाढीका कारण सुडानमा ६२ जनाको मृत्यु भएको छ । गएको जुलाईको शुरुदेखिको भारी वर्षाका कारण सुडानका १५ राज्यका करिब २ लाख मानिस प्रभावित भएका छन् । संयुक्त राष्ट्र संघका अनुसार ३७ हजार भन्दा बढी घरहरु क्षतिग्रस्त भएको र अझै असर गर्न सक्ने सम्भावना रहेको छ । सुडानमा अक्टोबरको अन्त्यसम्ममा वर्षा कायम रहने जनाइएको छ ।