जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १८:१९

रवि र युवराज धरौटीमा रिहा, अस्मिता साधारण तारेखमा


चितवन, भदौ ९

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त रवि लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनले लामिछानेलाई पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

जिल्ला अदालत चितवनका रजिष्टार रुद्रमणि गिरीले लामिछानेलाई ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको जानकारी दिनुभयो । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासले उनिहरुलाई धरौटीमा रिहा गरेको हो ।