काठमाडौं, बैशाख २३ । नेकपा एमालेका महासचिव शैकर पोखरेलले मिसन गसरुटले एमालेभित्रको सवै समस्या पहिचान भएको निश्कर्ष सुनाउनु भएको छ ।
महासचिव पोखरेलले समस्या पहिचानसँगै अव एमालेका नेता कार्यकर्ताको भावनाअनुसार र कार्यकर्ता जनताको भावना अनुसार परिचालित हुने घोषणा पनि गर्नुभएको छ ।
‘मिसन ग्रासरुटको प्रदेशस्तरिय समिक्षा सकिएको छ । यस अभियानले सुतेकालाई विउझाउने, विउझेकालाई हिडाउने र हिडिरहेकालाई कुदाउने आधार तयार भएको छ । विउझेर पनि सुतेको बहाना गर्नेहरुको पहिचान पनि यस अभियानका क्रममा भएको छ । अव नेकपा एमालेका नेता, कार्यकर्ताको भावना अनुसार र कार्यकर्ताहरु जनताको भावना अनुसार परिचालित हुनेछन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘किनकी मिसन ग्रासरुटको उद्देश्य मिसन २०८४ हो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा एमालेको एकल बहुमतको सरकार हो ।’













प्रतिक्रिया दिनुहोस्