जनता टाइम्स

२३ बैशाख २०८०, शनिबार १६:३१

नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण मुछिएपछि बोलाइयो सत्ता गठबन्धनको बैठक


काठमाडौं, बैशाख २३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका नेताहरु मुछिएपछि सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको चाहनाअनुसार आज साँझ सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बैठक बस्ने तय भएको छ ।

आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार समर्थन फिर्ता लिएपछिको अवस्था, नक्कली शरणार्थी प्रकरणमा मुछिएका सत्तारुढ दलका नेताहरुको बिषयमा छलफल हुन लागेको छ । यस्तै समसामयिक राजनीतिक परिस्थितीसँगै आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुने बताइएको छ ।