जनता टाइम्स

२५ बैशाख २०८०, सोमबार १५:३२

भुटानी शरणार्थी प्रकरणमा मिलिजुली एकअर्कालाई बचाउने काम नहोस : रवि लामिछाने


काठमाडौं, बैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा संलग्न कोहीपनि उम्किन नहुने बताउनु भएको छ ।

प्रतिनिधि सभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलको क्रममा लामिछानेले भुटानी शरणार्थी प्रकरणमा तातेको ताप्के सेलाउँदै गइरहेको भन्दै सरकारको नियतमाथि गम्भीर प्रश्न उठाउनु भयो ।

‘‘ताप्केको बीँड तात्यो, तात्दै गरेको ताप्के सेलायो। ताप्के नसेलाओस्,’ लामिछानेले भन्नुभयो । उहाँले सिंगो देश र अन्तर्राष्ट्रिय समूदायले भुटानी शरणार्थी प्रकरणमा कोहीपनि दोषी उम्किन नहुने बताउनु भयो ।

‘मिलिजुली एकअर्कालाई बचाउने काम नहोस्। हामी यसलाई अत्यन्त नजिकबाट नियालीरहेका छौं,’ लामिछानेको भनाई थियो ।