जनता टाइम्स

२६ बैशाख २०८०, मंगलवार १८:१५

मोरङमा अशक्त किशोरी बलात्कृत


विराटनगर, २६ वैशाख । मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कृत भएकी छन् । बेलबारी नगरपालिका–७ की १७ वर्षीया किशोरी आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारको आरोपमा विराटनगर महानगरपालिका–८ का २४ वर्षीय प्रवेश बस्नेतलाई प्रहरीले पक्राउ गरिएको छ ।

बस्नेत विराटनगर(बाहुनी चल्ने यात्रुबहाक बसका सह(चालक हुन् । घटना गत आइतबार राति ९ः३० बजेतिरको भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताउनुभयो । सहचालक बस्नेतले पैसा दिने प्रलोभन देखाउँदै बोली नआउने किशोरीलाई मकैबारीतिर लगेर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ ।

पीडितका बुवाले सोमबार किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।