जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार १२:३३

व्यवसायीको हितमा दिएको छुटमा बदमासी गरे कडा कारवाही गर्ने अर्थमन्त्रीको चेतावनी


काठमाडौं, भदौ १०

अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीले सरकारलाई छल्ने काम गरेको भन्दै असन्तुष्टि पोख्नु भएको छ । व्यवसायीलाई काममा प्रोत्साहन गर्न सरकारले विभिन्न छुट दिएपनि त्यसलाई गतल ब्याख्या गरी व्यवसायीले बदमासी गरेको भन्दै अन्तुष्टि व्यक्त गर्नुभएको हो ।

उहाले सरकारले दिएको छुटलाई गलत परिभाषा र गलत प्रयोग गरेकोमा व्यवसायीको आलोचना गर्दै घाटाको व्यवसाय नगर्ने बताउनु भएको छ । सरकारले विद्युतीय गाडी आयातमा कर छुट दिएको तर केही ब्यापारीले ब्याट्रीबाट स्टार्ट हुने तर पेट्रोलले चल्ने गाडी ल्याएर करछुट माग्दै बदमासी गरेको मन्त्री खतिवडाले आरोप लगाउनुभयो । ‘२८० प्रतिशतसम्मको राजस्व गुमाउनुपर्ने, त्यस्तो घाटाको व्यवसाय सरकारले गर्दैन’, मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘तपाईंहरूलाई निश्‍चित संरक्षण दिने हो। आउनुस् त्यस्ता उद्योग खोल्नुस् त्यो संरक्षण चाहने जति कर छुटहरू अत्‍तशुल्कहरू भन्सार छुट दिन सरकार तयार छ ।’

विद्युतीय सवारीसाधन सरकारको प्रथामिकतामा रहेको खतिवडाको भनाइ छ। हाइब्रिड कारकोको नाममा स्टाट मात्रै ब्‍यट्रीले हुने र चलाउँदा डिजेल आवश्‍यक पर्ने गाडी भन्सारमा लिएको भन्दै छल्ने प्रयास नगर्न खतिवडाले आग्रह गर्नुभयो । ‘हामीले दिएको छुट भनेको यस्तो छुट हैन कि ९० प्रतिशत परम्‍परा ऊर्जा नै खपत होस् र १० प्रतिश्त विद्युतको प्रयोग गरोस् र भन्सारमा सबै प्रकारको हुँदै हैन व्याख्या छ भने सच्याउँछौ आयात गर्दै हुनुहुन्छ भने नगर्नुस्’, मन्त्री खतिवडाको भनाई छ । विद्युतीय सवारीसाधनका उद्योग संचालन गर्दा सरकारले २० देखि २५ प्रतिशतको छुट दिने अर्थमन्त्री खतिवडाको भनाइ छ।

गएको १० वर्षमा अटो व्यापार बढेको भन्दै उहाँले तीव्र आर्थिक वृद्धिको अवस्थामा धेरै गाडी आयात फाइदाजनक नहुने बताउनुभयो । अब सबै गाडी आयात गरेर बेच्ने भन्दा पनि देशमै गाडी ‘एसेम्बल’ गर्न अर्थमन्त्री खतिवडाले व्यवसायीलाई आग्रह गर्नुभयो । जुनसुकै देशमा पनि पहिला ‘एसेम्बलिङ’ हुने र पछि बल्ल गाडी कम्पनी नै खुल्ने गरेको भन्दै उहाँले सरकारले यस्ता उद्योगलाई कर छुट दिने बताउनुभयो ।