मोरङ, ३० बैशाख । मोरङको बूढीगंगा गाउँपालिकाका एक युवक सडकमा बनिरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको भन्दै बिजुलीको हाइटेन्सन पोलमा चढ्नुभएको छ । बूढीगंगा गाउँपालिका–७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी १ लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको प्रसारण लाइनको पोलको टुप्पोमा बस्नुभएको हो । उहाँलाई ओराल्ने प्रयास भइरहेको छ ।
तर उहाँले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले आफ्नो माग सम्बोधन गर्ने प्रतिबद्धता नजनाएसम्म पोलबाट नझर्ने अडान लिइरहनुभएको छ । बूढीगंगा–७ नम्बर वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा निर्माण भइरहेको रिटेनिङ वाल गुणस्तरहीन भएको उहाँको आरोप छ । आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी उहाँले दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्