काठमाडौं, जेठ २ । सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको सदस्यमा १२ जनालाई नियुक्त गरेकाे छ ।
मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले समितिमा डा. सन्दुक रुइतसहित १० जनालाई नियुक्त गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।
मन्त्री शर्माका अनुसार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा. श्रीराम रामकृष्ण सिंगापुर, प्रा. संगिता सिंह काठमाडौं, प्रा. पुष्करमान बज्राचार्य काठमाडौं, प्रा. सुजान कौटियर क्यानडा, प्रा. नाम त्योस्यो अमेरिका, प्रा. सुर्दशनराज तिवारी काठमाडौं, पदम ज्योति काठमाडौं, लोचन ज्ञवाली ललितपुर, डा. सन्दुक रुइत काठमाडौं र भानुप्रसाद आचार्य भक्तपुर नियुक्त गर्ने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयक तर्जुमा गर्न स्वीकृति दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयाे ।
जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिलन भवन बनाउन १८३.८ रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको भएकाे उहाँले बताउनुभयाे ।
मन्त्री शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले जेठ ७ देखि १६ गतेसम्म जेनेभामा आयोजना हुने ७६औं विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र अत्तिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने निर्णय भएको छ ।
सरकारले ०६२-६३ काे जनआन्दोलनमा घाइते भएर ०८० वैशाख २७ गते निधन भएका काभ्रेकाे बनेपाका मुकेश कायस्थलाई शहीद घोषणा गर्ने निर्णय गरेकाे छ ।
एसिया प्यासिफिक ग्रुप एपीजीको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंठका गभर्नर महाप्रसाद अधिकारीको टोलीलाई स्वीकृति दिने निर्णय गरेकाे छ ।
बुटवल-लमही ४ सय केभी प्रशारण लाइन अन्तर्गत मोतिपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औं बैठकमा भाग लिन थाइल्याण्ड जान स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेकाे उहाँले बताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्