जनता टाइम्स

३ जेष्ठ २०८०, बुधबार १७:३६

हेटौँडामा बोलेरोको ठक्करबाट बालकको मृत्यु


काठमाडौं, ३ जेठ । मकवानपुरको हेटौँडामा बोलेरोको ठक्करबाट आज एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–११ नमुनाचोक बस्ने सुमी डिङ्डुङका दुई वर्षीय छोरा समर लो रहेको प्रहरीले जनाएको छ ।

उनलाई हेटौँडा–११ सिमलटारबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिक–अप गाडीले ठक्कर दिएको थियो ।

पिकपको ठक्करबाट घाइते भएका लोको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।