काठमाडौं, जेठ ४ । समाजमा रहेको पितृप्रधान भावनालाई सफल रुपमा उतार्दै ‘कहिले म जितमा रोएँ’ बोलको गीत बजारमा आएको छ । यस गीतको रचना देवी पराजुलीले गर्नुभएको छ ।
यसमा संगीत ज्योति प्रकाशले भर्नु भएको छ र स्वर अञ्जु पन्तको रहेको छ । दृश्य छायाँङ्कनमा कलाकारहरु देवी पराजुली र अर्जुन भिखारीको मूख्य अभिनय रहेको छ भने अन्य कलाकारमा इस्टु कार्की, भगवान भण्डारी रहेका छ्न् । देवी पराजुली निजामती कर्मचारी पनि हुनुहुन्छ ।
गीत संगीतमा रुची राख्ने भएकाले पराजुली विहान बेलुकाको समय निकालेर गीत सिर्जना गर्नुहुन्छ । उहाँका एक दर्जन भन्दा बढी गीतहरु बजारमा आएका छ्न् । यत्तिमा मात्र सीमित नभइ उहाँले समय समयमा राष्ट्रियस्तरका पत्रपत्रिकामा लेख रचनाहरु पनि लेख्दै आउनु भएको छ। १५ वर्ष अघिदेखि गीत रचना गर्दै आए पनि बजारमा भने उहाँका गीतहरु तीन वर्ष अगाडिबाट आउन थालेका हुन्।
उहाँका हामी नारी, लगनको सारी, जन्मभूमि भन्दा ठूलो केही छैन अरु, उठौं है जागौं दिदी बहिनी, ए हजुर जस्ता गीतहरू बजारमा आएका छ्न् ।
प्रतिक्रिया दिनुहोस्