हेटौँडा, ७ जेठ । बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कटेलले आज कांग्रेसबाट चारजना र एकीकृत समाजवादीबाट दुईजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
बागमती प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख शर्मासमक्ष कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्रालय र रामकृष्ण चित्रकारले विनाविभागीय मन्त्रालयको जिम्मेवारी लिँदै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । यसैगरी एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय र लक्ष्मण लम्सालले पनि श्रम, रोजगार तथा यातायात मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्