जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १४:३४

पवन गिरीको “मलाई एकछिन देउ” सार्वजनिक (भिडियोसहित)


नीता राउत / काठमाडौं

नेपाल आईडल सिजन २ का रकस्टार पवन गिरीले “मलाई एकछिन देउ” बोल रहेको गित लिएर श्रोता माझ आएका छन् । नेपाल आईडलमा “पावर प्याक पफर्मर” का उपाधि पाएका गिरीको स्वर रहेको उक्त म्युजिक भिडियो वाइड लेन्स प्रोडक्सनमार्फत बजारमा आएको हो ।न्यू बज्राचार्यले कम्पोज गरेको उक्त गीतको शब्द दुर्गालाल श्रेष्ठले लेखेका छन् ।

गीतको भिडियोको सम्पादन तथा निर्देशन लोकेश बज्राचार्यले गरेका हुन् भने नवराज आचार्यले लगानी गरेका हुन् । म्युजिक भिडियोमा बुगी–बुगीकि विजेता कविता नेपालीसँगै गिरी आफैले अभिनय गरेका छन् । नेपाल आईडल सिजन २ मा गिरी टप ६ सम्म पुग्न सफल भएका थिए ।