जनता टाइम्स

११ जेष्ठ २०८०, बिहीबार १८:०८

सोमनाथ खोलाको डाइभर्सन बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


नवलपरासी, जेठ ११। पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ स्थित सोमनाथ खोला नजिकैको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

बुटवल नारायणगढ सडक विस्तारको क्रममा बनाइएको डाइभर्सन वर्षाले बगाएको हो । राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट पश्चिम आउने र पश्चिमबाट पूर्व जाने सयौं सवारीसाधन अलपत्र परेका छन् ।

वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । सोमनाथ खोलामा पानीको बहाब नघटेकाले मर्मतमा समस्या भएको र पानीको बहाब घटेपछि मात्र मर्मतको काम हुने प्रहरीले बताएको छ ।

बाढीले डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको प्रहरीले जनाएको छ ।