जनता टाइम्स

१३ जेष्ठ २०८०, शनिबार १६:५८

सिके राउत र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता


काठमाडौं, १३ जेठ । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले बिच भेटवार्ता भएको छ । केन्द्रिय समितिको बैठक सम्पन्न गरी अध्यक्ष राउत आज भारतको राजधानी नयाँ दिल्ली पुगेका थिए ।

अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो ।

सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । आज जनमत पार्टीका अध्यक्ष राउतले चौथाइवालेसँग भेट्नुभएको हो । राउत भारत भ्रमणका लागि आज जानुभएको हो ।