जनता टाइम्स

१४ जेष्ठ २०८०, आईतवार १९:०६

नक्कली शरणार्थी प्रकरण : तीन आरोपितसँग लिइयो बयान


काठमाडौं, १४ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेकामध्ये तीन जनाले आज काठमाडौं जिल्ला अदालतमा बयान दिएका छन् । आज अदालतमा सन्दीप रायमाझी, टंककुमार गुरुङ र लक्ष्मी महर्जनले बयान दिएका हुन् ।

बयानका लागि इन्द्रजित राई, टंककुमार र सन्दीपलाई लगिएको भए पनि विभिन्न कारण देखाउँदै इन्द्रजितले बयान नदिएपछि उनको ठाउँमा लक्ष्मी महर्जनको बयान लिइएको हो ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना आरोपितको बयान क्रमैसँग लिइएको हो । तीनै जनासँग बयान लिने काम सकिएको छ । इन्द्रजित राईसँग भने अब मंगलबार मात्र बयान लिइने भएको छ । भोली सार्वजनिक बिदा परेका कारण उनको बयान मंगलबारमात्र हुने भएको हो ।