जनता टाइम्स

१२ भाद्र २०७६, बिहीबार १६:४१

झापाका सिडिओ दाहालको काठमाडौं सरुवा (सरुवाको सुचिसहित)


काठमाडौं, भदौ १२

गृह मन्त्रालयले सहसचिव (प्रमुख जिल्ला अधिकारी), उपसचिव सहायक प्रमुख जिल्ला अधिकारी तथा विभागीय प्रमुखहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिस्तरीय बैठकले विभिन्न जिल्लाका सिडिओहरूको सरुवा गरेको हो।

काठमाडौंमा जनकराज दाहालको सरुवा भएको छ । यसअघि झापाको सिडिओ भएर काम गरेका उनलाई गृहले काठमाडौंमा सरुवा गरेको हो । काठमाडौंका सिडिओ रामप्रसाद आचार्यकोे भने गृह मन्त्रालयमा सरुवा भएका छन् । ललितपुरमा भगिरथ पाण्डेको सरुवा भएको छ। पहिलेका प्रेमराज जोशीको मकवानपुर सरुवा भएको गृह स्रोतले जनायो ।

गृहमा कार्यरत महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङमा मदन भुजेलको सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ।दीर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरिएको छ। नख्खु कारागारमा सुरेन्द्र पौडेलको सरुवा भएको छ ।

सुनसरीमा राजेश पौडेल, बारामा फडिन्द्रमणि पोखरेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुमपूर्व मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डे, पाल्पामा उमेश ढकालको सरुवा भएको छ। डा. कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको गृहले जनायो।