जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार ०७:५०

ह्रस्व दीर्घबाट डेढ दशकपछि विपना थापाको ‘कम ब्याक’


काठमाडौं, १५ जेठ । साम्राज्ञी राज्यलक्ष्मी राणाले अभिनय गरेको फिल्म हेरेर मनोरञ्जन लिने पुस्ताले विपना थापालाई नचिनेका हुन सक्छन् । विपना अभिनित कतिपय फिल्म युट्युबमा भेटिए पनि पुरानो प्रविधिमा निर्मित फिल्मको चर्को साउन्ड र धमिलो प्रकाशले अहिलेका पुस्ताका दर्शकलाई झट्टै आकर्षण गर्दैन । एउटा यथार्थ के हो भने विपना पनि आफ्नो जमानामा अहिलेको साम्राज्ञीजस्तै महँगी नायिका हुनुहुन्थ्यो। सामाजिक सञ्जाल नहुँदा उहाँलाई हेर्नकै लागि घण्टौं हिँडेर हलमा पुग्ने दर्शक हजारौं थिए ।

उनै विपनाले नयाँ चलचित्र ‘ह्रस्व दीर्घ’मा अभिनय गर्ने हुनुभएको छ । विवाहपछि भारतमै बस्दै आएकी विपनाले चलचित्र ह्रस्व दीर्घबाट आफू पुनः नेपाली चलचित्रमा फर्किन लागेको बताउनुभयो । निता ढुंगानाले निर्माण गरेको यो चलचित्रबाट कमब्याक गर्न लाग्नुभएकी विपना भन्नुहुन्छ , ‘मलाई निताले ‘कमब्याक गराइन् । सुटिङको तयारीका साथ केही दिनमै फेरि नेपाल आउँदै छु ।’

तिनै तिनै कलाकार हुन् अशोक शर्मा निर्देशित चलचित्र ‘मितिनी’मा विपना नायिका हुनुहुन्थ्यो भने विपनाको बाल्यकालको भूमिका निताले निर्वाह गर्नुभएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।