काठमाडौं, जेठ १७ । राष्ट्रपति रामचन्द्र पौडेलको संबिधानबिरोधी कदमप्रति बिद्यार्थीहरु सडकमा उत्रिएका छन ।
राष्ट्रपति पौडेलले आज कार्यालय नखुल्दै भारतको चाहना पूरा गरेर मृत अवस्थामा रहेको बिवादास्पद नागरिकता बिद्येयक प्रमाणिकरण गरेर राष्ट्रघाती र संबिधानबिरोधी काम गरेको भन्दै अखिल नेपाल बिद्यार्थी युनियनले सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा अखिलका सचिवहरु दिपेश प्रसाईं, बिनिता काफ्ले, आरती भट्टराई, सञ्जीव धिताल, प्रकाश पौडेल, र दिपक धामीसहित १५ जनालाई पक्राउ गरेको छ ।













प्रतिक्रिया दिनुहोस्