जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार १७:०८

महाभारतका शकुनी मामा अस्पताल भर्ना


मुम्बई, १९ जेठ । भारतीय धार्मिक टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर लोकप्रिय बन्नुभएको अभिनेता गुफी पेन्टल अस्पताल भर्ना हुनुभएको छ । केही समयदेखि अस्वस्थ रहेका गुफीको पछिल्लोपटक स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको हो ।

टेलिभिजन अभिनेत्री टीना घईले गुफीको अवस्था गम्भीर रहेको पुष्टि सामाजिक सञ्जालमार्फत गरेकी छन् । टीनाका अनुसार गुफीको परिवारले उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ ।

गुफीले सन् १९८० को दशकमा कैयौं फिल्ममा अभिनय गर्नुभयो । यद्यपि बीआर चोपडाको टेलिफिल्म ‘महाभारत’मा शकुनी मामाको भूमिका निभाएर घर–घरमा पहिचान बनाएका थिए । आज पनि उनको भूमिकालाई दर्शकले सम्झन्छन् । गुफी अभिनेता बन्नुअघि इञ्जिनियर थिए ।