जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १४:४५

ब्रेकअपपछि पूर्व प्रेमीसँग रोमान्स गर्दै सारा


मुम्बई, २१ जेठ । अभिनेत्री सारा अली खान हालका दिनमा आफ्नो रिलिज फिल्म ‘जरा हटके जरा बचके’बाट प्राप्त प्रतिक्रियामा रमाइरहेकी छन् । उनी चाँडै फिल्म ‘स्काई फोर्स’मा देखिँदैछिन् । यो फिल्ममा उनले पूर्व प्रेमी वीर पहाडियासँग रोमान्स गर्नेछिन् । दिनेश विजान र जियो स्टुडियो प्रोडक्सनको यो फिल्ममा पहाडियाको डेब्यू अभिनय रहनेछ ।

सन्दीप केवलानीको निर्देशनमा बनिरहेको फिल्ममा यसै महिनाबाट सुटिङ सुरु भएको थियो । अक्षय कुमारको समेत अभिनय रहेको फिल्मको तीन महिनामा विभिन्न स्थानमा सुटिङ हुनेछ । हाल फिल्मको सुटिङ लण्डनमा भइरहेको छ ।केही समयअघि ‘कफि विथ करण’मा सारा र जान्हवीले दुई भाईसँग डेटिङ गरिरहेको कुरा खुलासा गरेका थिए ।

ती दुई भाई वीर र शिखर पहाडिया थिए । जान्हवी अहिले पनि शिखरसँग डेटमा छिन् । साराले भने केही समयअघि वीरसँग ब्रेकअप गरेकी थिइन् । फिल्म आगामी वर्ष रिलिज हुनेछ । वीर प्रख्यात व्यवसायी सञ्जय पहाडियाका छोरा हुन् ।