जनता टाइम्स

२१ जेष्ठ २०८०, आईतवार १५:४४

गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन


काठमाडौं, २१ जेठ । लोकप्रिय गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर समावेश ‘ सुवा’ बोलको गीतको भिडियो रिलिज भएको छ । लामो समयदेखि जापानमा बसेर आफ्नो व्यवसाय संचालन गर्दै आएका गायक गोकुलले हालै रिलिज गरेको गीतमा सागर खरेलका शब्द, दीपक शर्माको संगीत तथा उदय राज पौडेलको एरेन्ज रहेको छ ।

जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमिकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजिएको छ ।

उत्तम श्रेष्ठ शिशिरको निर्देशन, मुकेश हुमागाईको छायांकन तथा बिनोद बमको सम्पादन तथा कलर रहेको छ । राहुल बराईलीको कोरियोग्राफी रहेको भिडियो गायक गोकुलकै च्यानलबाट रिलिज गरिएको हो । गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो, भमरालगायतका गीतहरु बजारमा ल्याईसकेका छन् ।