जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार ०७:०७

रातिदेखि नै देशभर वर्षा, कस्तो छ आज दिनभरको मौसम ?


 

काठमाडौँ, भदौ १४  मुलुकभर अधिकांश स्थानमा मौसम बलदी तथा वर्षाको अवस्था रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ । शुक्रबार रातिदेखि नै देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेकाले देशका अधिकांश स्थानमा बदली भइ मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा शनिबार बिहानै पनि बलदी तथा वर्षा जारी छ । केही समय यो क्रम चलिरहने र दिउँसो केहीबेर भने घाम लाग्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । तर बेलुकातिर फेरि बदली भइ वर्षा हुने छ । यो वर्षा मनसुनी गतिविधिका कारण भने भएको होइन । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुका कारण वर्षा भएको हो । मनसुन भने निष्क्रिय अवस्थामै छ ।