रसुवा, भदौ १४ रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्ड पहिरोको कारण अवरुद्ध भएको छ । गोसाईकुण्ड गाउँपालिका–२, तातोपानी क्षेत्र पहिरो गएपछि शुक्रबार रातिबाट सडक अवरुद्ध भएको हो ।
मुसलधारे पानी परिरहेकाले सडक खुलाउन नसकिएको रसुवागढी जलविद्युत् आयोजनाका प्रशासकीय अधिकृत टीका पौडेलले बताउनुभयो । पानी पर्न रोकिएपछि बाटो खुलाउने पहल गरिने उहाँको भनाइ छ ।
वर्षाको समयमा यस क्षेत्रमा जलविद्युत् आयोजनाले सडक मर्मत गर्ने तथा पहिरो पन्छाएर सडक खुलाउने काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्