जनता टाइम्स

२६ जेष्ठ २०८०, शुक्रबार १६:४६

अभिनयबाट ब्रेक लिँदै स्पाइडर मेन अभिनेता हलेण्ड


लसएन्जल्स, २६ जेठ । हलिउड अभिनेता टम हलेण्डले अभिनयबाट ब्रेक लिने निर्णय लिनुभएको छ । ‘स्पाइडर मेन’ फेम्ड अभिनेता टमले सिरिज ‘द क्राउडेड रुम’को काम पुरा गरेपछि एक वर्षका लागि अभिनयबाट ब्रेक लिने घोषणा गरेका हुन् । उनले ब्रेक लिने कारण पनि बताउनुभएको छ ।

उहाँले सिरिजमा निकै मेहनत गरेको र त्यो काम गर्नु आफ्ना लागि चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभएको छ । यो सिरिज गत जुन ९, २०२३ मा एप्पल टिभीमा रिलिज भएको थियो । २७ वर्षे टम यो सिरिजका निर्माता पनि हो ।

‘मलाई यो सिरिजमा अभिनय र निर्माण गर्दा दबाब थप बढ्यो । त्यसकारण पनि केही समयका लागि ब्रेक लिने निर्णय लिएँ’, उहाँले भन्नुभएको छ । सिरिजमा उहाँले डेनी सुलिवनको भूमिका निभाउनुभएको छ । यो सिरिजले मानसिक बिरामीबाट पीडित भए पनि सफल जीवन बाँच्नका लागि संघर्षरत व्यक्तिहरुको प्रेरणादायी कथा प्रस्तुत गरेको छ ।