जनता टाइम्स

१४ भाद्र २०७६, शनिबार १७:३६

बुधबारको उपचारपछि प्रधानमन्त्री स्वदेश फर्किने


काठमाडौं, भदौ १४

मृगौलाको उपचार गराईरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको उपचारपछि स्वदेश फर्किनुहुने भएको छ । उहाको सिंगापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा उपचार भईरहेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न शनिवार सिंगापुर पुग्नु भएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ ले सो जानकारी दिनुभएको हो । उहाले आगामी सोमबार र बुधबारको जाँचपश्चात प्रधानमन्त्री ओली नेपाल फर्कने जानकारी लिएको बताउनु भयो ।

भेटपछि समाजिक सञ्जाल फेसबुकमा मन्त्री पुनले भन्नुभएको छ, ‘आज सिङ्गापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारको जानकारी लिने मौका मिल्यो, सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधवारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो । थप स्वास्थ्य लाभको कामना !’ प्रधानमन्त्री ओली थप उपचारका लागि भदौ ५ गते सिंगापुर जानु भएको थियो ।