जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार ०६:००

पोखरामा २३ वर्षपछिको उच्च तापक्रम


कास्की, जेठ २७ । कास्कीको पोखराको शुक्रबार ३६ डिग्री तापक्रम मापन गरिएको छ ।

अपराह्न ५.४५ बजेको समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो तापक्रम नापिएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । २३ वर्षपछि पोखराको तापक्रम यतिधेरै मापन भएको हो ।

कार्यालय प्रमुख मिनकुमार अर्यालका अनुसार सन् १९९९ अप्रिल २८ मा हालसम्मकै बढी ३७.४ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो । यही जुनमा ३३.८ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बिहीबार बढेर ३५.७ पुगेको थियो ।

अर्यालका अनुसार झन्डै एक सातादेखि पानी नपरेको पोखरामा आगामी बुधबार, बिहीबार बदली भइ वर्षा हुने संभावना छ । मनसुन सक्रिय नभए पनि स्थानीय वायुको प्रभावले वर्षा हुन पनि सक्ने उहाँले बताउनु भयो ।