जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार १४:३२

हेटौँडामा वृद्ध दम्पती मृत फेला


हेटौंडा, २७ जेठ । मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्की घरको पूजा कोठामा पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको हो । मृतक दम्पती कान्छो छोरा र बुहारीसँगै बस्दै आउनुभएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।