सिन्धुपाल्चोक, जेठ २८ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोकको अध्यक्षमा सुरज लामा निर्वाचित हुनुभएकाे छ ।
युवा संघ नेपाल सिन्धुपाल्चाेककाे ११औं जिल्ला अधिवेशनबाट लामा अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएकाे हाे । अधिवेशनले लामाकाे नेतृत्वमा ६१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेकाे छ ।
युवा संघका अध्यक्ष क्षितिज थेवेकाे प्रमुख आथित्यता, विशिष्ट अथितिहरु वाग्मती प्रदेश उत्प्रेरक सीता सुवेदी, संगठनका उपाध्यक्ष पुष्प श्रेष्ठ, केन्द्रीय सदस्य शरेस नेपाल लगायतकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएकाे हाे ।












प्रतिक्रिया दिनुहोस्