जनता टाइम्स

२९ जेष्ठ २०८०, सोमबार १९:१६

राष्ट्रिय युवा संघ नेपाल लिखु तामाकोसी गाउँपालिकाले ल्यायो सीपमुलक कार्यक्रम


काठमाडौं, २९ जेठ । राष्ट्रिय युवा संघ नेपाल लिखु तामाकोसी गाउँपालिका रामेछापले बिभिन्न सिपमुलक तालिमको कार्यक्रम ल्याएको छ । युवा संघ गाउँपालिका कमिटीले शनिबार राजधानीमा आयोजना गरेको एक अन्तर्क्रिया कार्यक्रममा पुर्व मन्त्री तथा नेकपा एमाले बागमती प्रदेश सदस्य शान्ति प्रसाद पौडेलले युवा संघले गरेको यस अभियान साँच्चिकै फलदायी हुने र युवाहरुको लागि हौसला मिल्ने बताउनुभयो ।

नेकपा एमालेका जिल्ला सचिव पुरुषोत्तम कडेरियाले युवा संघले गरेको हरेक काममा पार्टीको साथ रहने उल्लेख गर्नुभयो । कार्यक्रममा गाउँपालिका पार्टी उपाध्यक्ष के.वि पौडेलले आफू जहिले पनि युवाको साथमा रहेको भन्दै सँधै साथ र समर्थन रहने बताउनुभयो । राष्ट्रिय युवा संघ लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष दीप पाख्रिनले युवाहरूले सीप सिकेर देशमै आत्मनिर्भर बनुन् भन्ने हेतुले विभिन्न कार्यक्रम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘युवाको सीप विकासलाई ध्यानमा राखेर कम्प्युटर, ड्राईभिङ, जापनिज भाषा, कोरियन भाषा, प्लम्बर, इलेक्ट्रनिक, मोबाइल मर्मतलगायत विभिन्न कार्यक्रम ल्याएका हौं ।’ कार्यक्रममा पूर्व वडाअध्यक्ष यमबहादुर महत, युवा संघका जिल्ला कमिटी सचिव शिव सागर मगर, केन्द्रीय सदस्य राजकुमार खड्का, पार्टी जिल्ला कमिटी सदस्य रवीन्द्र पौडेल, रमेश वाग्लेलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।