जनता टाइम्स

३ असार २०८०, आईतवार १३:३६

बाढी, पहिरोका कारण ताप्लेजुङ यातायात र सञ्चार सुविधाबाट बन्चित, ५० करोडको क्षति


काठमाडौं, ३ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले शनिबार परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधाबाट बन्चित रहेको जानकारी दिनुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले बाढीपहिरोका कारण सडक र पुलमा भएका क्षतिका कारण ताप्लेजुङ यातायात सेवा र सञ्चार सुविधानबाट बन्चित हुन पुगेको जानकारी दिनुभयो ।

ढीपहिरोले हेवा खोलाको पुल र तमोर करिडोरको बेलिब्रिज भत्काएसँगै ताप्लेजुङ यातायात सेवाबाट बन्चित भएको जानकारी दिएका उहाँले मेची राजमार्गको हेवा खोलाको करिब ४६ मिटर पुल बगाउँदा सो राजमार्ग अवरुद्ध हुन पुगेको बताउनुभयो । यीसहित विभिन्न स्थानको बाटो र पुल भत्किँदा ५० करोड बराबरको क्षति भएको र १० दिनभित्र सक्ने गरी बेलिब्रिज निर्माणकोको काम थालिएको उहाँले बताउनुभयो । साथै सडक र पुल निर्माण र अवरुद्ध सडक खुलाउने निर्देशन दिइएको उहाँले बताउनुभयो ।