जनता टाइम्स

१५ भाद्र २०७६, आईतवार १८:०४

राष्ट्रपति भण्डारीद्वारा दुई देशका राजदूतलाई शपथ


काठमाडौं, भदौ १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका राजदुतलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष बङ्गलादेश र कतारका लागि नवनियुक्त नेपालका आवासीय राजदूतद्वय क्रमशः वंशीधर मिश्र र नारदनाथ भारद्वाजले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।