नयाँ दिल्ली, ५ असार । नवाजुद्दीन सिद्दिकीको फिल्म टिकु वेड्स शेरु चाँडै ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुँदैछ। ट्रेलर रिलिजमा नवाज अवनीत कौरसँग रोमान्स गर्दै देखिएका छन् ।
तर ट्रेलरको एउटा दृश्यले सामाजिक सञ्जालमा हंगामा मच्चाएको छ । ट्रेलरमा नवाज र अवनीतको किसिङ सीन छ, जसका कारण अभिनेतालाई धेरै ट्रोल गरिएको छ । ‘आफ्वाह’ कलाकारले अहिले युवा पुस्तालाई बेकार भन्दै ट्रोललाई जवाफ दिएका छन् ।
नवाजले २८ वर्ष कान्छी नायिकासँग रोमान्स गरेको विरोधमा उत्रिएका मानिसहरूलाई जवाफ दिएका हुन् । इण्डिया टुडेसँगको कुराकानीमा नवाजले भने,‘ ‘रोमान्सको कुनै उमेर हुँदैन, कसैलाई किन समस्या हुन्छ भन्ने मलाई थाहा छैन । रोमान्स उमेरहीन हुन्छ। आजका जनताको समस्या यो हो कि युवा पुस्तामा रोमान्स बाँकी नै छैन । तिनीहरूको सबै रोमान्स व्हाट्सएपबाट सुरु हुन्छ र त्यहीँ समाप्त हुन्छ ।’
अभिनेताले थपे, ‘हामी त्यो जमानाका हौँ, जतिबेला प्रेमको कुरै अर्को हुन्थ्यो । हाम्रो जमानामा उमेर हेरेर प्रेम हुँदैनथ्यो। हामी प्रेममा हुन्थ्यौं र वर्षौं प्रेममामा हराउथ्यौँ। रोमान्सका राजा शाहरुख खानको उदाहरण दिएर उनले आफ्नो बचाउ गरे ।
नवाजले थपे, ूआज पनि शाहरुख खानलाई रोमान्टिक भूमिकाका लागि सम्पर्क गरिन्छ किनभने युवा पुस्ता ‘टोटल्ली’ (बेकार) छन् । नयाँ पुस्तालाई रोमान्स थाहा के हो ? भन्ने नै थाहा छैन।
प्रतिक्रिया दिनुहोस्