जनता टाइम्स

८ असार २०८०, शुक्रबार १९:५२

काभ्रेमा बोलेरो दुर्घटना, चार जना घाइते


काभ्रे, ८ असार । काभ्रेपलाञ्चोकको बेथानचोक–४ पडगाउँडाँडामा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते हुनुभएको छ । पडगाउँडाँडादेखि क्लबघर निस्कने सडकमा बोलेरो गाडी अन्दाजी २०० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

गाडीमा चालकसहित चार जना सवार रहेकोमा सबै घाइते हुनुभएको हो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइते चार जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।