काठमाडौं, १० असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट गएको अनुसन्धान अधिकृतको टोलीले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी जोख्ने तयारी गरेको छ । आज दिउँसो पशुपति पुगेको अख्तियारको टोलीले पशुपति विकास कोषका पदाधिकारीसँग छलफल गरेपछि सुन जोख्ने तयारी गरेको हो ।
सुन जोख्न सिसिटिभी र बत्ती जडानको काम पनि भइरहेको छ । सुनको जलहरी जोख्न अख्तियारको टोलीसँगै गुणस्तर तथा नापतौल विभाग, खानी तथा भुगर्भ विभाग, सुनचाँदी व्यवसाय महासंघका प्रतिनिधिसमेत त्यहाँ पुग्नुभएको थियो । पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



















प्रतिक्रिया दिनुहोस्