विराटनगर, १४ असार । कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू भएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।
सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो ।
९२ सांसद रहेको कोशी सांसदमा बहुमतका लागि ४७ सांसद चाहिन्छ । सत्तारुढ घटक एमाले र राप्रपासँग ४६ सांसद छन् । नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, नेकपा एसका ४ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ४७ सांसद छन् ।













प्रतिक्रिया दिनुहोस्