जनता टाइम्स

१७ असार २०८०, आईतवार १३:०३

प्रिय पुरुष ! जस्ले गल्ती गर्छ लाज उसैलाई लाग्नु पर्ने होइन ?


काठमाडौं, १७ असार । कतिपय घटना त्यही हुन्छन् तर पनि कथा बदलिएको हुन्छ । उही पात्र, उही घटना तर पनि कथा एकदम नयाँ हुन्छ ।

यो पहिलो कथा मेरी आमाको हो । वर्ष सन् १९७१ । घरबाट स्कूल जाने क्रममा आमासँग यस्तो घटना भएको हो । त्यतिवेला आमा १३ वर्षको हुनुहुन्थ्यो रे ! घरबाट तीन किलोमिटरको स्कूल उहाँ पैदलै हिडेर जानु हुन्थ्यो । त्यो बाटोमा कति पटक यस्तो घटना भयो कि सडक छेउमा उभिएका कुनै पुरुषले कुनै अश्लिल इशारा गर्यो वा कुनै भद्दा टिप्पणी गर्यो ।

एकदिन हद पार नै भयो, जब एउटा पुरुष बीच बाटोमा आफ्नो पाइन्टको जिपर खालेर उभियो । उनी त्यहाँबाट बाटो मोडेर भागिन् र यो घटनाको बारेमा कहिले कसैलाई भनिनन् । आफ्नो संगै उठबस गर्ने दिदीलाई पनि भनिनन् । यस्तो पनि हुन्छ सतर्क रहनु भनेर पनि कहिले भनिनन् । मसंग पनि यस्तै घटना भयो, जब म कक्षा तीन, चार, पाँच र दशमा थिएँ । घरबाट स्कूल पैदलै जान्थें ।

यस्तो कति पटक भयो, सडक जब थोरै सुनसान भएको थियो, बाटो एउटा मानिस एक्कासी अश्लिल हरकत गर्न थाल्यो, म धेरै डराएँ । मैले आमाले जस्तै यो घटना कहिले कसैलाई बताइन । एकान्तमा हुँदा त्यो घटनाको, त्यो डरको महसुश गरिहेँ । यो त भयो पुरानो कथा । नयाँ कथा केही अर्कै खालका छन् । घटनाहरू, पात्र सबैकुरा उस्तै छन् । एउटा बेइज्जती पुरुष छ र एउटी बयस्क केटी । सिर्फ फरक के छ भने यो कथामा केटी डराउदिनन् ।

न कमजोर छिन् । उनी आफ्नो अधिकार बारे जानकार छिन् । आफ्नो ताकत उनलाई थाहा छ । उसलाई समाजमा लाजमर्दो बनाउने कुरा, आफ्नै चरित्रमा औंला उठ्ने कुरामा उनी डराउदिनन् । हालै दक्षिणी दिल्लीको एक कोलोनीमा बस्ने केटी एक साँझ आफ्नो कोठाको बार्दलीमा उभिरहेकी थिइन् । सामुन्ने सडकमा एउटा मानिस उनलाई लगातार अश्लिल इशारा गरिहेको थियो । यहाँसम्म की त्यो मानिसले उसको देखाएरै हस्तमैथुन गर्ने प्रयास गर्यो । त्यो केटा अक्सर यस्तो गर्ने गर्दथ्यो ।

केटी डराइनन् । एक उनले यसको भिडियो बनाइन र दिल्ली महिला आयोगमा उजुरी गरिन् । महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले यो भिडियोलाई ट्वीटरमा शेयर गरिन् । अब त्यो केटाको समाजमा खिल्ली उड्दैछ । ट्वीटरमा सारा दुनियाँले हेरेर केटालाई गाली गर्दैछन् । पहिलेको कथामा केटीहरू डराउथें । अब डराउने पालो त्यो पुरुषको हो । अब त्यो भिडियो प्रहरीसंग पुगेको छ र चाँडै मानिस हिरासतमा हुनेछ ।

जबकी यी केही घटना यो कुराको प्रमाण होइन की दुनियाँ बदलिइसकेको छ भन्ने । अहिले पनि पृतिसत्ताले बनाएको पर्खाल धेरै बलियो छ, तर आशाको किरण यो छ की यो पर्खालमा अब चोट लाग्न थालेको छ । एक, दुई, चार र आठ मिलेर नै समूह बन्ने हो । जब एउटा केटी डराउन छाडेर बोल्ने बाटो रोज्छन् तब आफूसंग कयौं केटीलाई डराउन र सहन छोडेर बोल्ने र सुनाउनेको प्रेरणा दिइरहेका हुन्छन् । जब एउटा केटी साहसको बाटोमा हिड्न रोज्छिन् उनले आफूसँग कयौं केटीहरूलाई त्यो बाटोमा हिड्न प्रेरणा दिइरहेकी हुन्छिन् ।

कुरा सिर्फ यत्ति बुझ्नु जरुरी छ की त्यो गल्तीको सजाय म किन भोगौं, जुन मैले गरेकै होइन । त्यो पापको लज्जा मेरो टाउको किन बोकौं जुन मेरो हुँदै होइन । जसको गल्ती जिम्मेवारी पनि उसैको । सजाय पनि उसैले पाउँनु पर्छ । केटीहरूको जिम्मेवारी मात्र यही हो की उनीहरू आफ्नो जीवनप्रति वफादार होउन् । आफ्नो खुसी, आफ्नो प्रगती, आफ्नो साहस, आफ्नो उचाईका लागि जिम्मेबार र तपाई पत्याउनस् कि नपत्यानुस् यो जिम्मेवारी हरेक केटीले धेरै मेहनतले निभाइरहेका छन् । (दैनिक भास्करबाट साभार)