जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १८:२०

यस्तो छ ओली सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


काठमाडौं, बैशाख २०

सरकारले उच्च आर्थिक विकासको महत्वकांक्षी योजनासहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने दाबी गर्नु भएको छ ।

सन् २०३० अघि नै दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएका मुलुकको सूचीमा पुग्ने र विक्रम संवत् २१०० भित्र उच्च मध्यम आय भएका मुलुकको सूचीमा पुर्‍याउने लक्ष्य राखिएको छ।

चार वर्ष भित्रमा दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने सरकारको योजना छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षको सुरुबाटै र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को सुरुबाट सञ्चालनमा ल्याउने सरकारको योजना छ। निजगढको सुरुवात आउँदो वर्षबाट हुने राष्ट्रपति भण्डारी बताउनु भएको छ ।

नेपाल सरकारको नीति तथा कार्यक्रम – २०७६ पूर्णपाठ