जनता टाइम्स

१९ असार २०८०, मंगलवार १६:४६

सुटिङका क्रममा शाहरुख खान घाइते


काठमाडौं, १९ असार । अमेरिकामा सुटिङका बलिउड अभिनेता शाहरुख खान घाइते हुनुभएको छ । उहाँको नाकमा चोट लागेको छ । अमेरिकाको लस एन्जलसमा दुर्घटनामा परेपछि उहाँलाई तत्काल अस्पताल लगिएको थियो ।

लस एन्जलसमा भएको सुटिङ क्रममा उहाँको नाकमा चोट लागेलगत्तै तुरुन्तै अस्पताल लगिएको थियो ।

चोटका कारण नाकबाट रगत बग्न थालेपछि अस्पताल लगिएको थियो । अहिले आफ्नो घर मन्नत फर्किसकेका उहाँ स्वास्थ्यलाभ गरिरहनुभएको छ । दुर्घटनापछि शाहरुखलाई नाकमा पट्टी बाँधेको देखाइएको थियो ।