सुनसरी, असार २० । सुनसरीको इटहरी उपमहानगरपालिकामा टिपरले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।
ना१क ९१०७ नम्बरको टिपरले १४प५२६ नम्बरको स्कुटरलाई ठक्कर मंगलबार दिउँसो ठक्कर दिँदा इटहरी ८ की ४२ वर्षीया सरिता चौधरी र उहाँकी छोरी २२ वर्षीया अनुशा चौधरीको ज्यान गएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका सरिता र अनुशाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
दुर्घटनालाई लिएर इटहरी क्षेत्र केहीबेर तनावग्रस्त भएको थियो । टिपरले ब्याक गरी मान्छे मारेको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेका थिए । दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्