काठमाडौं, असार २३ । काठमाडौं महानगरपालिका ३१ मिनभवनस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ सय ग्राम र नगद ११ हजार २ सय रूपैयाँसहित धादिङ गजुरी गाउँपालिका ४ घर भई काठमाडौं महानगरपालिका १० पुरानो बानेश्वर बस्ने २० वर्षीय अशोक चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार साँझ उक्त लागूऔषधसहित पक्राउ गरेको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरीले उनले प्रयोग गरेको बा ८७ प ६९४० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यसैगरी नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित बैजनाथ गाउँपालिका(१ बस्ने ३४ वर्षीय पदम रावललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ एरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित सोही नगरपालिका(२ बस्ने कालिकोट रास्कोट नगरपालिका १ घर भएका १६ वर्षीय किशोरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको टिकापुर नगरपालिका ९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका(१ बस्ने २८ वर्षीय बिनोद चौधरी र सोही नगरपालिका(३ शंकरपुर बस्ने २६ वर्षीय लंक चौलागाई रहेका छन् । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रहरीले मोरङको बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ५३ एम्पुल, एभिल ५३ एम्पुल, डाईजेपाम ५३ एम्पुल र फेनारागन ५३ एम्पुलसहित पथरी शनिश्चरे नगरपालिका ९ बस्ने ३१ वर्षीय भिम कुमार लिम्बुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्