काठमाडौं, भदौ १७
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेल प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर जादै हुनुहुन्छ । उहाका अनुसार अहिलेसम्म आफुमात्र जाने तय भएको बताउनु भयो ।
महासचिव पौडेल दिउँसो १ बजे सिंगापुर उड्ने कार्यक्रम रहेको छ । उहाले प्रधानमन्त्रीलाई भेट्न जान लागेको बताउनु भयो । ‘प्रधानमन्त्रीज्यूलाई भेट्न आज सिंगापुर जाँदैछु, उहाँलाई लिएरै फर्किन्छु होला,’ उहाले बताउनु भयो । महासचिव पौडेलले आफू एक्लै सिंगापुर जान लागेको र सचिवालय सदस्य वामदेव गौतम भने सिंगापुर जाने कार्यक्रम नरहेको बताउनु भयो ।
प्लाज्मा फेरिसस पक्रियाबाट उपचार गराइरहेका प्रधानमन्त्री ओलीको उपचार भोलि (बुधबार) सकिँदैछ। उहाको अहिलेसम्म शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम रहेको बताउदै महासचिव पौडेलले आफु पनि सँगै फर्किने जानकारी गराउनु भयो । गत ५ गते सिंगापुर जानु भएका प्रधानमन्त्री ओलीको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्