काठमाडौं, २५ असार । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको इजलासमा हुने भएको छ ।
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको कोशी प्रदेश सरकारविरुद्ध दायर गरेको रिटको सोमबार माथेमाको इजलासमा सुनुवाइ हुने भएको हो ।
संविधानविपरीत सरकार गठन भएको भन्दै कार्कीले रिट दायर गर्नुभएको हो । रिटमाथि आइतवार नै सुनुवाई तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।













प्रतिक्रिया दिनुहोस्