विराटनगर, २८ असार । मोरङको जहदा गाउँपालिका–३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक आज दिउँसो मृत फेला परेका छन् । नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार जहदा–३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाएर बेपत्ता बनाएको थियो । खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक आज दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको डीएसपी दाहालले बताउनुभयो ।
गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा–३ का १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । दाहालले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्