जनता टाइम्स

२० बैशाख २०७६, शुक्रबार १८:५८

विलासी र स्वास्थ्यमा असर गर्ने वस्तुको आयातमा रोक लगाउने


काठमाडौं, बैशाख २०

सरकारले अनावश्यक, विलासी र स्वास्थ्यमा असर गर्ने वस्तुको आयातमा रोक लगाउने भएको छ।

नेपाली बजारमा उत्पादन हुने वस्तुको आयातमा कडाइ गरिने सरकारले घोषणा गरेको हो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यो कुरा उल्लेख गर्नु भएको हो । भण्डारीले मूल्य प्रणालीमा आधारित व्यापार प्रणाली तयार गरिने बताउनु भयो ।