काठमाडौं, २ साउन । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले मंगलबार एक कार्यक्रममा हासोका पात्र बन्नुभएको छ । छनोट नै नभएको फिफा महिला विश्वकपका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई शुभकामना दिएर उहाँ हासोको पात्र बन्नु भएको हो ।
अझ मन्त्री जस्तो गरिमामय पदमा बसेकाले बुझेर बोल्न पर्ने हो । तर मन्त्रीलेनै कुरा नबुझेर बोलेपछि हुने त जोकरनै हो । अझ सम्बन्धित मन्त्रीमा विषय विज्ञता भएन भने सम्बन्धित क्षेत्रले के अपेक्षा गर्ने ?
मंगलबार युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच महिला टिमको प्रायोजन सम्झौताका लागि सोलटी होटलमा आयोजित कार्यक्रममा मन्त्री लिम्बूले नेपाली टिमलाई न्युजिल्यान्ड र अस्ट्रेलियामा हुने विश्वकपका लागि शुभकामना दिनुभएको हो । महिला विश्वकप बिहीबारदेखि न्युजिल्यान्ड र अस्ट्रेलियामा सुरु हुँदै छ ।
‘तपाईंहरू जति पनि खेलाडी बैनीहरूले खेलिरहनु भएको छ । उत्कृष्ट प्रदर्शन गरिरहनु भएको छ । र, अहिले फेरि पनि अस्ट्रेलिया जाने क्रममा हुनुहुन्छ । न्युजिल्यान्ड खेल्न जाने क्रममा हुनुहुन्छ । तपाईंहरु जितेर आउन सक्नुहुन्छ भन्नेमा म पूर्ण विश्वास व्यक्त गर्न चाहन्छु,’ मन्त्री लिम्बूले भन्नुभयो ।
त्यो विश्वकपमा न त नेपाल छ, न महिला टिम अष्ट्रेलिया, न्युजिल्याण्डनै जादैछ ।
प्रतिक्रिया दिनुहोस्