काठमाडौँ, ५ असार। ‘मिस वर्ल्ड टुरिजम’ मा नेपालको प्रतिनिधित्व गर्न सजिना खनाल श्रीलंकाको कोलम्बो लाग्नुभएको छ । कोलम्बोमा १२ दिनसम्म आयोजना हुने ‘मिस वर्ल्ड टुरिजम’ मा भाग लिन सर्लाहीको २२ वर्षीया खनाल आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । ३५ देशको सहभागिता रहने प्रतियोगितामा सजिना नेपालको एक्लो प्रतिनिधि हो ।
‘नेपाललाई नै प्रतिनिधित्व गर्दा उत्साह र नर्भस दुवै छु । यद्यपि मोडलिङ यात्राको क्रममा सँगालेको सिकाईलाई त्यहाँ अवश्य प्रयोग गर्ने छु,’ खनालले भन्नुभयो,’ अन्तिम समयमा मोडलिङसँगै विभिन्न क्षेत्रका व्यक्तिले विदाई स्वरुप दिनुभएको शुभकामनाले हौसला बढेको छ ।’ इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’ उपाधिसहित उहाँलाई उक्त प्रतियोगितामा पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्