जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ०७:३८

अमेरिकाको मिजुरीमा भएको सवारी दुर्घटना एकै परिवारका तीन नेपालीको मृत्यु


काठमाडौं, भदौ १९

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन् ।

गत मंगलबार मिजौरी राज्यको अन्तरराज्य राजमार्गमा भएको कार दुर्घटनामा पर्दा सवारी साधनमा बसेका मध्ये ३ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त घटना अन्तरराज्यको ४४ को पूर्व मिजौरीको राजमार्गको मोडमा घटेको बताएको छ। जोप्लिन प्रहरी बिभागका प्रमुख निक जिमेनेजका जानकारी अनुसार राभ४ नामक सवारी साधन प्रभास ओझाले चलाएका थिए । प्रहरीका अनुसार ओझा आई–४४ (अन्तर राज्य राजमार्ग) को तेश्रो मार्ग (लेन)बाट पूर्वतर्फ जादै गर्दा टोयोटा पिकअप मालबाहक (ट्रक) संग ठोक्कीएको थियो ।

प्रभास ओझा र उनका ४ बर्षिय छोरालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । छोराको स्थिति चिन्ताजनक रहेको प्रहरीले बताएको छ । तर ओझा कि धर्मपत्नी श्रद्धा ओझा खनालको मृत्यु भएको छ । श्रद्धाका बुबाआमा केही समय अघिमात्र नेपालबाट घुम्न भनेर अमेरिका आएको बताइएको छ । खनाल परिवारको घर बिराटनगरको सोमबारेमा रहेको छ ।