जनता टाइम्स

१९ भाद्र २०७६, बिहीबार ११:२४

पूर्वसभासद् कार्की पक्राउ


काठमाडौं, भदौ १९

सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसभासद् डोलबहादुर कार्की (डिबी) पक्राउ परेका छन् । अपराध अनुसन्धान विभाग (सिआइबी)ले कार्कीलाई पक्राउ गरेको हो । सर्वोच्चले कार्कीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

सभासद हुँदा प्रहरी निरिक्षक बनाइदिन्छु भन्दै पैसा असुलिरहेका बेला रंगेहात पक्राउ परेका कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । उनलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ । पक्राउपछि उनलाई अदालतमा उपस्थित गराइनेछ ।

२०६७ सालमा विशेष अदालतले पनि उनलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरेको थियो। २०६७ साल फागुनमा अख्तियारको टोलीले कार्की र उनका सहयोगी स्वामी ब्रम्हानन्द उदासिनलाई काठमाडौंको भिमसेनगोलास्थित घरैबाट घुसबापत लिएको एक लाखसहित पक्राउ गरेको थियो।