बाँके, १४ साउन । लागूऔषध खैरो हेरोइनसहित बाँकेबाट प्रहरीले दुई जना पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट खैरो हेरोइन करिब ३ ग्राम ५ सय मिलिग्राम र २२ हजार रुपैयाँसहित दु्ई जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका–१३ मैनाबगर बस्ने ३५ वर्षीय अबयुद्ध सुनुवार र सोही उपमहानगरपालिका–३ पुलचोक बस्ने २७ वर्षीय अजय श्रेष्ठ रहेका छन् ।
इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।













प्रतिक्रिया दिनुहोस्